काठमाण्डौ । यम पञ्चकको दोश्रो दिन , आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरि मनाईँदैछ ।
आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास समेत रहेको छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।
यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।
सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।
आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । ।
Home / Extra
/ यमपञ्चकको दोश्रो दिन आज कुकुरको पूजाआजा गरि मनाईदैं, पूजाआजा गर्दा पाप नाश हुने विश्वास
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment